२०८१ बैशाख ३० गते आइतवार

गठबन्धनका तीनै उम्मेद्धार जित्छौ,त्यसमा कुनै शंका छैन !



डोल्पा ६ कात्तिक,
सत्तारुड गठवन्धनका उम्मेद्धारहरुले तीनै क्षेत्रमा आफ्नो जित सुनिश्चित भएको बताएकाछन ।
आइतबार त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र बगर बजारमा नेपाली काँग्रेसको १ नं वडा समितिले राखेको चियापान कार्यक्रममा बोल्दै यसो भनेकाहुन् ।
चियापान कार्यक्रममा बोल्दै गठबन्धनबाट प्रतिनिधि सभा उम्मेद्धार तथा एकिकृत समाजवादीका नेता धनबहादुर बुढाले पटक पटक छलफल र बैठकले गठबन्धन भित्रको शंका उपशंका मेटेको र गठबन्धन पुर्ण रुपमा कार्यन्वयन हुने बताए ।
केन्द्रिय सर्कुलर र गठबन्धनको मर्म र भावना अनुसार गठवन्धका उम्मेद्धारलाई मत हाल्न एकिकृत समाजवादी पार्टीका सम्पुर्ण नेता कार्यकार्तालाइ आग्रह समेत गरे ।
गठवन्धनको जीत सुनिश्चि भइसकेकाले ढुक्क भएर मतदान गर्न डोल्पाली जनतलाइ अपिल समेत गरे ।
त्यसैगरी गठबन्धनबाट प्रदेश ख का उम्मेद्धार तथा नेकपा माओवादी केन्द्रका नेता बिरबहादुर शाहीले गठबन्धनका तिनै दलका नेता कार्यकर्ताहरु गठबन्धन जिताउन लागि परेको बताए ।
एमाले बिरुद्धको साझा गठबन्धन पुर्ण रुपमा कार्यन्वयन हुनेमा कुनै शंका नभएको बताए ।
त्यसैगरी गठबन्धनबाट प्रदेश क का उम्मेद्धार तथा नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्र बहादुर शाहीले आफ्ना नेता कार्यकर्तालाई ढुक्क भएर गठबन्धनका उम्मेद्धारलाइ भोट दिन अपिल गरे ।
डोल्पामा तीन ठुला शक्ति एकमत भएर अघि बडिसकेकाले गठबन्धका सबै उम्मेद्धारले अत्याधिक मत ल्याएर बिजयहुनेमा कुनै दुइमत नभएको उनको भनाइ छ ।
गठबन्धका बिरुद्धमा भ्रम नफैलाइयोस भन्दै प्रसार अभियान पनि संयुक्त रुपमा सुरु गरेको बताए ।
कार्यक्रमा तीनवटै पार्टीका नेता कार्यकर्ता शुभचिन्तकको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक ६ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?