२०८० चैत्र १६ गते शुक्रवार

डोल्पाका सांसद शाही कर्णाली सरकारको पर्यटन मन्त्रीमा नियुक्त



रामचन्द्र न्यौपाने,
डोल्पा २९ साउन : डोल्पा प्रदेश निर्वाचन क्षेत्र ख बाट निर्वाचित सांसद बिरबहादुर शाही कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएकाछन् ।
हुम्लाका पुर्व पर्यटन मन्त्री गैह्र सांसद कार्चेन लामाको छ महिने कार्यकाल सकिएसँगै मुख्य मन्त्री जीवन बहादुर शाहीले सांसद शाहीलाई नियुक्त गरेकाहुन् ।
माओवादी कोटाबाट मन्त्री बनेको साहीले प्रदेश प्रमुखको कार्यलयमा पुगेर आजैपद तथा गाेपनिएताकाे सपथ लिएकाछन् ।
गत विहिबारनै शाही मन्त्रीमा नियुक्त भएपनि समावेशी मन्त्री परिषद् नभएको भन्दै उच्च अदालत सुर्खेतले सपथ रोक्न प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्रीको कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेपछि शाहीको सपथ ग्रहण रोकिएको थियो ।
सरकारले संघ र प्रदेशको निर्वाचन आगामि मंसिर ४ मा तोकिसकेकाले शाहीले करिब चार महिनामात्र मन्त्रालय हाक्न पाउनेछन् ।
जिल्लाको प्रतिनिधित्व गर्दै शाही मन्त्री बनेपछि गृह जिल्ला डोल्पामा खुशीयाली छाएको छ ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?