२०८१ जेष्ठ २ गते बुधवार

डाेल्पामा तेह्रसय कार्यकर्ता समाजवादीमा प्रवेश !



डोल्पा २७ चैत्र,
नेकपा एकिकृत समाजबादी पार्टिका अध्यक्ष माधब कुमार नेपाल चुनाव लक्षित आमसभालाई संबाेधन गर्न डाेल्पा पुगेकाछन् ।
उनि सँगै नेपाल स‌स्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आले र कर्णाली प्रदेशका ईन्चार्ज प्रकाश ज्वाला पनि डोल्पा पुगेकाछन् ।
बिहान साडे दशमा सदरमुकाम दुनै पुगेका नेता नेपालले एमाले निजी कम्पनी भएकोले आफ्नो पार्टिलाइ सहयोग गर्न आग्रह गरे ।
आफ्नाे पार्टीलाई सहयोग गरेमामात्र डोल्पाका सबै योजना तत्काल सम्बोधन हुने उनले दाबी गरे ।
केन्द्रीय नेतृत्व पुग्न तीन दिन अगावै जिल्लाकाे माहाेल मिलाउन गृह जिल्ला पुगेका पूर्व राज्य मन्त्री धनबहादुर बुढाले डोल्पाका करिव १३ सय कार्यकर्ता नेकपा एसमा प्रवेश गराए ।
एकैपटक ठुलाे सङ्ख्यामा नेकपा एसमा विभिन्न पार्टीका कार्यकर्ता आफ्नाे पार्टीमा प्रवेश गराएकाे भन्दै अध्यक्ष नेपालले धनबहादुर बुढाको प्रसंसा गरे ।
स्थानीय चुनाव जित्न गठवन्धन नै काफि भएकाे उनकाे भनाइ छ ।
धनबहादुर बुढाको जन्मथलो काईके गाउँपालिकाबाट करिब ७ सय भन्दा धेरैले समाजबादी रोजेकाछन्।
नेकपा एमालेका अध्यक्ष,काङ्ग्रेस केन्द्रीय सदस्य तथा नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज समेत समेत काइके गाउँपालिकाकै भएकाले प्रवेश गरेका कार्यकर्ता सबैका साझा भएको विपक्षि पार्टी नेतृत्वको टिप्पणी छ ।

प्रकाशित मिति : २०७८ चैत्र २७ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?