
रामचन्द्र न्याैपाने/डाेल्पा २१ भदाै:हिमाली जिल्ला डाेल्पामा स्याउ पछि सिमिजाेन कार्यक्रम पनि लागू गरिएको छ ।
जिल्लाकाे ठुलिभेरी नगरपालिकाका अन्तर्गत पर्ने १,२,४,५,६,७,८,९,१०,११, काईके गाउँपालिका अन्तर्गत पर्ने वडा नं २,३,४,५ र त्रिपुरासुन्दरी नगरपालिकाका वडा नं ३ र ४ गरेर करिब ३० हेक्टर जमिनमा सिमि जाेन क्षेत्र निर्धारण गरिएको छ ।
जिल्लाका कृषकहरुलाई दलहन बालीमा आत्मनिर्भर बनाई रैथाने बालीकाे संरक्षणसँगै बजारीकरण गर्नकालागि सिमिजाेन कार्यक्रम लागू गरिएको हाे ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना परियोजना कार्यन्वयन ईकाइले स्याउ पछि सिमिजाेन कार्यक्रम लागू गरेकाे हाे ।
डाेल्पाकाे रैथाने बाली एवं काेशेलीकाे रुपमा देशका विभिन्न जिल्लाहरुमा निर्यात गरिँदै आएकाे स्थानीय जातकाे सिमिकाे व्यवसायिक उत्पादन गरि विक्रिवितरण गरेर कृषकलाई आत्मनिर्भर बनाउने उदेश्यले सिमि जाेन कार्यक्रम लागू गरिएकाे कार्यालयका निमित्त प्रमुख रामदरेस रायले बताए।
त्यतिमात्र नभई यस कार्यक्रमले परापुर्वकाल देखि उत्पादनहुँदै आएको सिमि बालीकाे दिगाे संरक्षणगर्न समेत टेवा पुग्ने उनको विश्वास छ ।
जिल्लाका सराेकारवाला व्यक्तिहरुकाे राय सल्लाह एवं सम्बन्धित स्थानीय तहका कृषि प्राविधिकहरुकाे स्थलगत प्रतिवेदनका आधारमा जाेन क्षेत्र निर्धारण गरिएकाे रायले बताए ।
दलहन बाली सिमिकाकाे उत्पादन,प्याकेजिङ् र बजारीकरणकालागिमात्रै करिब २३ लाख बजेट प्राप्त भएको उनकाे भनाइ छ ।
जाेन क्षेत्र निर्धारण गरिएका स्थानीय तहमा रहेकाे सम्पुर्ण कृषि फर्म,कृषि उद्योग,कृषि समूह र कृषि सहकारीलाई सुचिकृचकालागि सुचना समेत जारी गरि सकेकाे कार्यालयले जनाएको छ ।