२०८१ जेष्ठ २ गते बुधवार

डाेल्पामा रुखले च्यापेर दलित महिला सदस्यको मृत्यु



रामचन्द्र न्याैपाने
डाेल्पा १३ फागुन,
डाेल्पामा रुखमा च्यापेर एक महिलाको मृत्युु भएको छ । तल्लाे डाेल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९ की बुद्धिरुपा वि.क काे रुखले च्यापेर मृत्यु भएकाे जिप्रका डाेल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
जंगलमा भेडा चराउने गएको बेला खस्रुको रुख ढलि गम्भीर घाइते भएपछि उपचारको लागि घरतर्फ ल्याउँदै गर्दा बाटाेमै मृत्यु भएको पाण्डेले बताए ।
घटनाका बिषयमा अनुसन्धानकालागि ईलाका प्रहरी कार्यालय काईगाउबाट प्रहरी टाेली खटाइएको छ ।
निज महिला स्थानीय तह निर्वाचन २०७४ मा जगदुल्ला गा.पा. वडा नं.३ को दलित महिला सदस्यमा तत्कालीन नेकपा (माके) बाट निर्वाचित समेत रहेकि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १३ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?