२०८१ जेष्ठ २ गते बुधवार

केपी समूहको सुर्खेतमा हुने कर्णाली प्रदेशस्तरीय आमसभा स्थगित



सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले सुर्खेतमा आयोजना गर्न लागेको आमसभा स्थगित भएको छ ।

कर्णाली प्रदेशको आयोजनामा वीरेन्द्रनगरमा यही फागुन १४ गते हुन लागेको प्रदेशस्तरीय कार्यक्रम स्थगित भएको प्रदेश सांसद तथा केपी समूहका नेता गुलाबजङ्ग शाहले जानकारी दिए ।

यसअघि विभिन्न सहरमा शक्ति प्रदर्शन गर्दै आएको केपी समूहले संसद पुनःस्थापना भएपछि वीरेन्द्रनगरमा १४ गते आयोजना गर्न लागेको सभा स्थगित गरेको हो । शाहीका अनुसार संसद पुनर्स्थापनापछि एजेण्डा नै परिवर्तन भएकोले कार्यक्रम स्थगित गरिएको छ ।

केपी समूहले कर्णाली प्रदेश स्तरीय कार्यक्रम सामाजिक विकास मन्त्रालय अगाडिको चौरमा आयोजना गर्न लागेको थियो । उक्त स्थानमा मञ्च बनाउनका लागि तयारीसमेत थालिएको थियो । कार्यक्रमलाई केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?