२०८१ जेष्ठ २ गते बुधवार

हिजो बढेको सुनको मूल्य आजै घट्यो



काठमाडौँ – बुधबार सुनको मूल्य घटेको छ। मंगलबार बढेको सुनको मूल्य आज घटेको हो।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैंयाले घटेको छ।

यस गिरावट पश्चात छापावाला सुनको मूल्य ८९ हजार ८ सय र तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ५० कायम भएको छ। यस अगाडी सुनको मूल्य मंगलबार बढेको थियो ।  मंगलबार सुनको मूल्य तोलामै ११ सयले बढेको थियो ।

सोमबार सुनको मूल्यमा कुनै घटबढ भएको थिएन । त्यस्तै आइतबार भने सुनको मूल्य तोलामा ८ सय रुपैंयाले बढेको थियो । आइतबार छापावाला सुन ८९ हजारमा कारोबार हुँदा तेजाबी सुन ८८ हजार ५ सय ५० मा कारोबार भएको थियो। त्यस्तै सोमबार सुन आइतबारकै मूल्यमा कारोबार भएको थियो भने  ।

मंगलबार छापावाला सुन ९० हजार १ सय र ८९ हजार ६ सय ५० रुपैंयामा कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य पनि घटेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य १५ रुपैंयाले घटेर १ हजार ३ सय ४५ कायम भएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?