२०८१ जेष्ठ ३ गते बिहिवार

सुब्‍बाकुनाको काम अगाडि बढ्यो, जहरेको अझै लम्बियो



सुर्खेत : सुर्खेतको सुब्बाकुनामा (१३२, ३३ ,११) केभी प्रसारण लाइनको सवस्टेशन निर्माण कार्य तीव्र पारिएको छ। प्रदेश राजधानी सुर्खेत हुँदै सबै जिल्लामा विद्युत् आपूर्ति गर्न सहजताको लागि यो स्टेशन निर्माणको कामलाई तीव्र बनाएको हो।

कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभी प्रसारण लाइनको लागि सुब्बा कुनामा स्टेशन बन्न लागेको हो। सुर्खेतको आधा, सल्यानको आधा भाग र रुकुमपश्चिम र जाजरकोटका लागि सुर्खेतको सुब्बाकुनामा सवस्टेशन निर्माण गर्न लागिएको हो ।

सवस्टेशनका लागि चार वर्षअघि जग्गा अधिग्रहणको काम काम पूरा गरिएको भए पनि स्टेशन निर्माणको प्रक्रियामा ढिला हुँदै आएको थियो। अहिले बोलपत्र आह्वान गरी कामसमेत सुरु भइसकेको छ। उत्ता जहरेमा निर्माण हुने भनिएको (४००,२२०,१३२) केभी प्रशारण लाइनको सव स्टेशनको काम भने झन पछाडि धकेलिएको छ।

सवस्टेशनको डिजाइन गर्ने इटालियन कन्सलटेण्टले डिजाइनको काम पूरा गरिसकेको भएपनि बोलपत्र आह्वानको काम सुरु हुन लाग्दा योजना नै स्थगित गरेर प्रशारण निर्देशनालयमा हस्तानरुन्तरण गरी पूर्ण बोलपत्र आवह्वान हुने भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख सुरेन्द्र अग्रहरिले जानकारी दिए।

सुब्बाकुनामा सवस्टेशन निर्माण कार्य पूरा भएपछि विद्युत् आपूर्तिमा हुँदै गरेको समस्या समाधान हुने अग्रहरिले जानकारी दिए।

अहिले सुर्खेतको सुब्बाकुना विद्युत् प्राधिकरणले (१३२, ३३,११) काम गरिरहेको छ। भेरी नदीमा बन्न लागेका ठूला आयोजनाहरुको विद्युत् जहरे सवस्टेशनमार्फत वितरण हुनेछ। जहारेमा निर्माण हुन लागेको सव स्टेशन (४००,२२०,१३२ केभी) को काम राष्ट्रिय प्रशारण कम्पनीले गर्न लागेको छ। अहिले यी दुई ठाउँको काम छुट्टाछुट्टै हुन लागेको हो।

सुब्बाकुनाभन्दा जहरेको काम ढिला हुने अग्रहरिले जानकारी दिए। जाजरकोट, सुर्खेतको केही भाग, रुकुमपश्चिम र सल्यानको केही भागमा ३३ केभी प्रसारण लाइनको विद्युत् आपूर्ति हुँदै आएको छ। त्यस्तै जाजरकोट नलगाड नगरपालिका–७ दानीपिपलमा ४०० केभी प्रसारण लाइनको सवस्टेशन निर्माणका लागि जग्गा अधिग्रहणको काम पूरा भएको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?