२०८१ बैशाख ७ गते शुक्रवार

डोल्पामा हिमपात,कृषकहरु उत्साहित



रामचन्द्र न्यौपाने
डोल्पा २३ माघ
हिमाली जिल्ला डोल्पामा भारी बर्षातसँगै हिमपात भएको छ ।
विहिबार दिउसो देखिको बदलीसँगै राति देखि बर्षात र हिमपात सुरु भएको हो ।
जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ,जिँउ, लिकु, पहाडा,बन्तडी लगायतका बस्तीहरु हिँउले सेताम्यहुनुका साथै बाग्लो हिँउ जमेको छ ।
त्यसैगरि तल्लो डोल्पामा पर्ने ठुलिभेरी नगरपालिका,काईके,जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पर्ने अधिकाशं क्षेत्रहरु हिँउले ढाकिएका छन् ।
उपल्लो डोल्पाका डोल्पोबुद्ध,छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकामा पनि बाग्लो हिँउ जमेको छ ।
हिमपातका कारण उपल्लो डोल्पाको जनजीवन कष्टकर भएको शे–फोक्सुण्डो गाउँपालिकाका वडा अध्यक्ष निमा लामाले बताए ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने भएकाले पनि उपल्लो डोल्लामा कात्तिक अन्तिम देखिनै हिँउ पर्न सुरु भएको र आजसम्म दर्जन धेरै पटक हिमपात भइसकेको उनको भनाइ छ ।
हिँउदको समय कट्नै लाग्दा माघमा  पहिलोपटक परेको हिमपातका कारण गाँउबस्तीमात्र नभई अग्ला हिमाल,डाँडाकाँडा,बनजंगल हिँउले सेताम्य र मनमोहक देखिएका छन् ।
मौसममा अझै सुधार नभएकाले फेरी पनि हिमपातहुने सम्भावना देखिएको छ ।
हिमाली जिल्लाहरुमा प्रत्येक बर्ष जलवायु परिवर्तनका असरहरु बड्न थालेको बताइएको छ ।
हिमाली जिल्लाहरुमा आठ दश बर्ष अघिसम्म हिँउदको दुई महिनामै सात–आठ पटक हिँउपर्ने भएतापनि अहिले एक पटक पनि मुश्किलले हिँउपर्ने गरेको जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएका ताराप्रसाद आचार्यले बताए ।
हिमालमा हिँउ नपर्नु,ताल तलैया नदि नालाका सतह घट्नु,हिमालहरु सुख्खा र नाङ्गा देखिनु जलवायु परिवर्तनको असर भएको उनको भनाई छ ।
कृषक उत्साहित
लामो समय पछि परेको हिमपातका कारण डोल्पाली कृषकहरु उत्साहित भएकाछन् ।
हिँउले ढपक्कहुनुपर्ने हिँउदकै समयमा बर्षात र हिमपात नभएर खेतबारीमा लगाएको अन्नबाली सुख्न थालेपछि बर्षभरी कसरी गुजारा गर्ने भनेर कृषकहरु चिन्तित भएका थिए ।
अग्ला गाउँबस्तीमा हिमपात र अलि होचा गाउँबस्तीमा बर्षात भएपछि जिल्लाभरीका कृषकहरु खुशिहुनुका साथै अन्नबालीका लागि सुबिकाल सुरु भएको बताए ।
जिल्ला भरीनै विहिबार राति देखि सुरु भएको बर्षातसँगै भएको हिमपातका कारण आलु,गहुँ,जाँै,उवा लगाएतका अन्नबालिहरुको सप्रिनुका साथै उत्पादनमा समेत बृद्धिहुने आशा गरिएको त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानिय कृषक भिम प्रसाद देबकोटाले बताए ।
“हिँउदमै परेको खडेरीलेगर्दा खेतमा लागाईएको गहँु,जाँै आल सुक्न थालेकाले बर्षभोरी कसरी जिविकोपार्जन गर्ने भनेर चिन्तामा थियो,भोकमरीपर्ने होकि भन्ने डर उत्तिकै थियो,तर ढिलै भएपनि बर्षातसँगै हिमपात भयो”देबकोटाले भने ।
यार्सागुम्बामा बृद्धि
यस पटक परेको बर्षातसँगै भएको हिमपातले कृषकहरु मात्र नभइ यार्सासंकलकहरु पनि उत्साहित भएकाछन् ।
वहमुल्य जडिबुटी यार्सागुम्बाकालागि अत्याधिक चिसो आवाश्यक पर्ने भएकाले भारी हिमपात र बर्षातले यार्सागुम्बाको परिमाण सँगै गुणस्तरमा समेत बृद्धिहुने स्थानिय संकलकहरुले भनाइ छ ।
जिल्लाबासीको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको यार्सागुम्बा अघिल्लो बर्ष कोरोना भाइरसका कारण जिल्लाभरीनै संकलनमा प्रतिवन्ध लगाइएको थिायो ।
प्रत्येक बर्ष जेठ पहिलो साता देखि असार अन्तिमसँग यार्सागुम्बा संकलन गर्ने गरिन्छ ।
हवाइ सेवा बन्द
हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध भएको छ ।
धावनमार्गमा बाग्लो हिँउ जमेका कारण विहिबार सम्पुर्ण उडानहरु रद्ध भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।
काठमाण्डौ र नेपालगञ्ज देखि कुनै पनि उडानहुन नसकेको प्राधिकरणको भनाइ छ ।
जुफाल विमानस्थलमा बाग्लो हिँउ जमेपछि ससंकलन गर्ने गरिन्छ ।
रोग हट्ने विश्वास
यस पटक बर्षातसँगै परेको हिमपातका कारण रोगव्याधि हट्ने विश्वास रहेको छ ।
लामोसमय खडेरी पर्दा बडेको धुलोका कारण रुघाखोकीका बिरामि बडेकाले यो पटकको बर्षातले जमिन भिजेर धुलो हटेको स्थानीयले बताए ।
तीब्र गतिमा हावाचल्ने गाउँबस्तीमा प्रत्येक दिन धुलो उडेर चारैतिर फैलने गरेरकाले मान्छेहरु बिरामि पर्ने गरेता पनि अब बाटाघाटाहरु शितिला भएर धुलो नउड्ने र रोगव्याधि पनि हट्ने उनिहरुको विश्वास छ ।

प्रकाशित मिति : २०७७ माघ २३ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?