२०८१ जेष्ठ २ गते बुधवार

नेपाली सेनाद्वारा सिसौल–ल्यासीक्याप सडकको हेलिकप्टरबाट अनुगमन




रामचन्द्र न्यौपाने,
डोल्पा १४ चैत्र : भेरी करीडोर अन्तर्गत पर्ने उपल्लो डोल्पामा पर्ने सिसौल देखि ल्यासीक्याप सडकखण्डको हेलिकोप्टरबाट निरीक्षण गरिएको छ ।
नेपाली सेनाका विकास निर्माण शाखाका प्रमुख धर्मेन्द्र कुमार झा,भेरी करिडोरका इन्जिनियर महेन्द्र माझि सहितको तीन सदस्यीय टोलीले हेलिकोप्टबाट सडकखण्डको निरीक्षण गरेको हो ।
सुर्खेतबाट आएको उक्त टोली दुनै ल्यासीक्याप धो पुगेर फर्किएको छ ।
करिडोर अन्तर्गत पर्ने धो सिसौल खण्डको पाँच किमि सडकको कच्ची ट्रयाक खुलिसकेको र सिसौल देखि ल्यासीक्यापसम्मको २८ किलोमीटर सडकको ट्रयाक खोल्न बाँकी रहेकाले त्यसैको सिलसिलामा निरीक्षणको लागि पुगेको इन्जिनियर झा ले बताए ।
ल्यासीक्याप सिसौल खण्डको ट्रयाक खुलाउने कामको जिम्मा नेपाली सेनालाइ दिने पक्का भइसकेकाले पनि नेपाली सेना सहित भएर निरीक्षण गर्न डोल्पा पुगेको उनको भनाइ छ ।
सडक निर्माणकालागि छुट्टै बजेट भन्दा पनि भेरी करिडोर कार्यालयमै बजेट आउने र त्यसैबाट सडक निर्माण गरिने उनले बताए ।

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?