२०८१ जेष्ठ ६ गते आइतवार

उद्यम विकास सहजकर्ता संघ डाेल्पाकाे प्रथम साधारणसभा सम्पन्न,अध्यक्षमा बम ठकुरी !



रामचन्द्र न्याैपाने,
डाेल्पा ४ माघ : उद्यम विकास सहजकर्ता संघ डाेल्पाकाे प्रथम साधारणसभा सम्पन्न भएको छ ।
तल्लो डाेल्पामा पर्ने  मुड्केचुला गाउपालिका साधारणसभा सम्पन्न भएको हाे ।
साधारणसभाले याेगेन्द्र बम ठकुरीको अध्यक्ष्यतामा बाह्र सदस्यीय समिति गठन गरेकाे छ ।
जसमा गंगादेवि बाेहाेरा (उपाध्यक्ष), तपेन्द्र शाही (काेषाध्यक्ष), सचिव गाेकर्ण पुन मगर र अन्य सदस्यहरु उर्मिला थापा , कल्पना शाही , पवित्रा  वली, कमल सहकारी, पार्वती बुढाथोकी, कर्ण चन्द्र डाँगी, दिनेश बुढा चन्द्ररुपा ठकुल्ला चयन भएका छन ।
संघकाे उदेश्यनै जिल्लाका ग्रामीण क्षेत्रहरुमा उद्यमी निर्माण गर्नु भएकाे बताउँदै भाेलिका दिनमा यसलाई ब्यबस्थित गर्दै अध्यक्ष बम ठकुरीले बताए ।
वडा नं ६ का वडा अध्यक्ष नरेन्द्र शाहीले साधारणसभाकाे अध्यक्षता गरेका थिए भने गर्नु प्रमुख अतिथि गाँउपालिका कानुनी सल्लाहकार दन्त बहादुर शाहीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ माघ ४ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?