२०८१ जेष्ठ ५ गते शनिवार

डोल्पाका आठ मध्ये चार स्थानीय तहले ल्याए नयाँ बजेट,कोरोना नियन्त्रण प्राथामिकतामा



डोल्पा १४ असार
हिमाली जिल्ला डोल्पाका आठ मध्ये चार स्थानीय तहले नयाँ बजेट ल्याएकाछन् ।
संघिय सरकारको परिपत्र अनुसार असार दश गतेभित्र बजेट ल्याइसक्नु पर्ने भएपनि आइतबारसम्म जिल्लाका आठ मध्ये चार स्थानीय तहले मात्रै नयाँ बजेट ल्याएकाहुन् ।
जिल्लाका त्रिपुरासुन्दरी नगरपालिका,जगदुल्ला गाउँपालिका,शे– फोक्सुण्डो गाउँपालिका र छार्काताङ्सोङ् गाउँपालिकाले नयाँ बजेट ल्याएकाछन् ।
नगरसभा र गाउँ सभा गरेर नयाँ बजेट ल्याएका सबै स्थानीय तहले कोरोना नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेकाछन् ।
त्रिपुरासुन्दरी नगरपालिकाले आव ०७७÷०७८ का लागि ४२ करोड ६५ लाख ८४ हजार ७ सय २० बराबरको नयाँ बजेट घोषणा गरेको छ ।कोरोना नियन्त्रणकालागि मात्रै पचास लाख रकम छुट्याईनुका साथै शिक्षा,स्वास्थ्य र कृषिलाई प्राथामिकतामा राखेर बजेट घोषणा भएको प्रमुख प्रशासकिय अधिकृत पृथिभक्त गिरीले जानकारी दिए ।
त्यसैगरि तल्लो डोल्पामा पर्ने जगदुल्ल्ला गाउँपालिकाले आगामि आवका लागि नयाँ बजेट ल्याएको छ ।
गाउँपालिकाले २६ करोड ४५ लाख ८६ हजार बराबरको नयाँ बजेट घोषणा गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत केशवराज पाण्डेले जानकारी दिए ।
पुर्वाधार,एकघर एक व्यवसाय,पशुपालन,नयाँ उद्यमी सृजना लगायतका क्षेत्रलाई प्राथामिकता राखेर बजेट विनियोज भएको पाण्डेले बताए ।
यस गाउँपालिकाले सुरु देखिनै एक घर एक व्यवसायलाई प्राथामिकतामा राखेर बजेट विनियोजन गर्दै आएको छ ।
कोरोना नियन्त्रण र विपत व्यबस्थापन कोषका लागि मात्रै एक करोड रकम छुट्याइएको गाउँपालिकाले जनाएको छ ।
उपल्लो डोल्पामा पर्ने छार्काताङ्सोङ् गाउँपालिकाले पनि आव ०७७÷०७८ का लागि नयाँ बजेट ल्याएको छ ।
चालु र पुँजिगत गरेर २२ करोड ३५ लाख ९४ हजार ५ सय सत्तरी बराबरको नयाँ बजेट घोषणा गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत केशव सुनारले जानकारी दिए ।


कोरोना प्रकोप र रोकथामकालागि तीस लाख र विपत व्यबस्थापन कोषकालागि ६० लाख रकम विनियोजन गरिएको सुनारले बताए ।
शिक्षा,स्वास्थ्य,कृषि,लघु उद्यम र यातायातमा पनि राम्रो बजेट छु्याइएको गाँउपालिकाले जनाएको छ ।
विकास निर्माणकालागि मात्रै प्रत्येक वडामा पचास लाखसम्म बजेट छुट्याइएको सुनारले बताए ।अघिल्ला बर्षहरु भन्दा यस बर्ष वडामा धेरै बजेट दिइएको उनको भनाई छ ।
उनका अनुसार गाउँपालिकाको आफ्नै डोजर भएकाले तेल खरिद र ढुवानीकालागि मात्र ८० लाख रकम बिनियोजन गरिएको बताउँदै वडा नं १ मा मोवाइल टावर निर्माणगर्न ढुवानीकालागि बिस लाख रकम बिनियोजन गरिएको छ ।
त्यसैगरि शे–फोक्सुण्डो गाउँपालिकाले पनि आगामि आव ०७७÷०७८ का लागि नयाँ बजेट ल्याएको छ ।
गाउँपालिकाले २५ करोड ८६ लाख ४७ हजार रकमको बजेट घोषणा गरिएको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।


विद्युत,शिक्षा,स्वास्थ्य र खानेपानीलाई प्राथामिकतामा राखेर बजेट बिनियोजन गरिएको उनले बताए ।
कोरोना नियन्त्र र विपत व्यबस्थापन कोषकालागि ५० लाख विनियोजन गरिएको उनको भनाई छ ।
गाउँपालिका भित्रको भेषभुषा रहनसहन र कला संस्कृतिलाई मध्येनजर राखेर समेत बजेट छुट्याइएको गाउँपालिकाले जनाएको छ ।
ठुलिभेरी नगरपालिका, काईके गाउँपालिका,मुड्केचुला गाउँपालिका र डोल्पोबुद्ध गाउँपालिकाले नयाँ बजेट ल्याउन सकेका छैनन् ।
ठुलिभेरी नगरपालिकाका मेयर गणेश बहादुर शाही जिल्ला बाहिर जानुका साथै उप–मेयर योगेन्द्र बहादुर शाही क्वारेन्टाइनमा रहेकाले नगर सभा हुने टुङ्गो छैन् ।
वडास्तरमा योजना छनोटकालागि जनप्रतिनिधिलाई पठाइएको बताउँदै नगर सभाको तयारी भइरहेको प्रमुख प्रशासकिय अधिकृत लोक रानाले जानकारी दिए ।
उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध गाउँपालिका,मुड्केचुला गाउँपालिका र काईके गाउँपालिकाले नयाँ बजेट ल्याउने तयारी भइरहेको जानकारी दिएकाछन् ।

प्रकाशित मिति : २०७७ असार १४ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?