२०८१ जेष्ठ ५ गते शनिवार

वाल बिवाह न्युनिकरण गर्न धर्मगुरुसँग अन्तर्क्रिया




आदित्य न्याैपाने
डाेल्पा ९ चैत्र : जिल्लाकाे त्रिपुरासुन्दरी नगरपालिकामा बाल बिवाह न्यूनीकरण गर्न धार्मिक गुरु तथा सामाजिक अभियान्ता संङ्ग अन्तक्रिर्या कार्यक्रम गरिएको छ ।
शुक्रबार त्रिपुरासुन्दरी नगरपालिकामा गरिएको कार्यक्रममा नगरपालिका भित्र रहेका सम्पूर्ण धार्मिक गुरु तथा सामाजिक अभियान्ताहरु बाेलाएर अन्तर्क्रिया कार्यक्रम गरिएको हाे ।
समाजमा भएका महिला हिंसा,बाल बिवाह जस्ता गलत प्रचलनका नकारात्मक असर न्यूनीकरण सम्बन्धि जानकारी फैलाउन उक्त कार्यक्रम गरिएको बताइएको छ ।
महिला बालबालिका तथा समाज कल्याण शाखा र आवाज सस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको थियाे ।
हाम्रो समाजमा छोरी चेलीलाई गरिने भेदभाब र बालबिवाहबाट पर्ने असर न्युनिकरण गर्न सबै एकजुट भएर लाग्नु पर्ने आवज सस्थाकी कर्मचारी तारा बम ठकुरिले बताइन् ।
कार्यक्रममा बाल विबाह,छाउपडी,घरेलु हिंसा तथा बाल अधिकार सम्बन्धी छलफल भएकाे थियाे ।

प्रकाशित मिति : २०८० चैत्र ९ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?