
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।
फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् ।
राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने कार्यक्रम रहेको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराई जानकारी दिए । सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने छ ।
बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ । हत्या हिंसामा लागेको भन्दै सरकारले विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।
प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार