२०८१ जेष्ठ ६ गते आइतवार

बीएण्डसीलाई सम्बन्धन दिने प्रधानमन्त्रीको वचन



झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले विर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजलाई छिट्टै काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने दाबी गरेका छन् ।

प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबाबमा केयूको सिनेटबाट सम्बन्धन प्रक्रिया अगाडि बढाइएको छ ।

तर राष्ट्रिय चिकित्सा शिक्षा ऐन विपरित सम्बन्धन दिन खोजिएको भन्दै सिनेटकै सदस्यहरुले विरोध गरेका छन् ।

मंगलार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बी एण्ड सी अब छिट्टै मेडिकल कलेज बन्ने बताए ।

उनले भने, काठमाडौं विश्वविद्यालयलले छिट्टै सम्बन्धन दिनेछ ।’ अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले उनी हिम्मत भएको मान्छे भनेका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?