२०७८ बैशाख ७ गते मङ्गलवार

देउवाले पार्टीमा छलफल गरेर प्रचण्ड–नेपाललाई जवाफ दिने



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचण्ड–नेपालको प्रस्तावबारे पार्टीमा छलफल गरेर जवाफ दिने बताएका छन् ।

देउवा निवास बुढानिलकण्ठमा भएको तीन नेताहरुको भेटघाटपछि देउवाले उक्त जवाफ दिएका हुन्।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि आवश्यक नेपाली कांग्रेससँग मिलेर जान प्रस्ताव गर्न चितवनमा हुने कार्यक्रमलाई छोडेर अध्यक्षद्वय काठमाडौं आएका थिए ।

उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई मिलेर नयाँ सरकार गठनको प्रक्रियामा जान प्रस्ताव गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ ।

अध्यक्षद्वयलाई २० मिनेट समय दिएका देउवाले भने पार्टीमा छलफल गरेर जवाफ दिने बताएका छन्। स्रोतका अनुसार देउवाले बिहीबार पार्टीमा छलफल गर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनपछिको रणनीतिबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहिबारका लागि बोलाइएको छ।

पदाधिकारी बैठकमा छलफलपछि प्रचण्ड–नेपालको प्रस्तावबारे धारणा आउने कांग्रेसले जनाएको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार