२०८० चैत्र ६ गते मङ्गलवार

केपी ओलीको स्वेच्छाचारीता अन्त्यको लागि पनि चुनाव आवश्यक : कमल थापा



राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्चको फैसलालाई सबैले मान्नु पर्ने बताएका छन् ।

संसद विघटन सम्वन्धि अस्पष्टता हटाउन सर्वोच्चले यसबारे थप व्याख्या दिनुपर्ने भन्दै थापाले राजनीतिक रूपमा शान्ति र स्थिरताको निमित्त चुनाव वेश हुने बिचार ब्यक्त गरे ।

प्रधानमन्त्री केपी ओलीको असफलता र स्वेच्छारिताको अन्त्यको निमित्त पनि चुनाव आवश्यक भएको भन्दै थापाले भने,

“अपवित्र गठवन्धन बनाएर सरकार बनाउन कंग्रेसलाई जनताको म्याण्डेट थिएन,काग्रेसले सत्ताको लोभ देखायो भने कंग्रेस पनि जनताको नजरबाट खस्नेछ ।”

गृहजिल्ला मकवानपुरमा टोल-टोलमा राप्रपा अभियान संचालन गरिरहेका थापाले मंगलबार हेटौंडा-१३ को पदमपोखरीमा आयोजित कार्यक्रममा बोल्दै निषेधको राजनीतिले मुलुकलाई संकटतर्फ लैजाने भएकोले सबै उदार ढंगबाट अघि बढ्नुपर्नेमा जोड दिए ।

थापाले बिगत १४ वर्षको राजनीतिक रोडम्यापले निकास दिन नसक्ने भएकोले त्रुटिपूर्ण मार्गचित्र सच्याउनु पर्नेमा जोड दिए। स्वाधीन, सवल र समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब नयाँ ढंगले अघि बढ्नु पर्ने र निषेधको राजनीति परित्याग गर्नुपर्ने बताए ।

गणतन्त्र ,धर्म निरपेक्षता र संघीयता बिदेशीको एजेन्डा भएकोले त्यो भारी बिसाउनु पर्ने उनको धारणा थियो ।

“बिदेशिको भरिया बन्ने होइन, अब मौलिक किसिमको राज्य ब्यबस्था र प्रणाली कायम गरौं, जुन सहमतिको आधारित होस्,’ थापाले भने ।

भ्रष्टाचार ,बेरोजगारी र धर्मपरिबर्तनले मुलुकलाई थप अधोगती तर्फ लैजाने भन्दै थापाले यो दुष्चक्रको अन्त्य जरुरी भएको बताए ।

कार्यक्रममा बोल्दै नेता मधु अधिकारिले काङ्ग्रेस कम्युनिस्ट असफल भएकोले राप्रपा अब जनताको छनौट हुनुपर्ने भएको भन्दै संगठन सुदृढीकरणमा जोड दिए ।

कार्यक्रममा नेताहरु राजाराम बर्तौला,गुरु सापकोटा ,इन्दिरा डल्लाकोटी, गुन्जन न्यौपाने, कृष्ण मैनाली, दामोदर वाग्ले ,भबनाथ दुलाल, चन्द्र लामा, किशोर मैनाली,भृगु कार्की लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?