२०८१ जेष्ठ २ गते बुधवार

सरकारी गाडीले बालकलाइ  ठक्कर  दिदाँ गम्भिर घाईते, थप उपचारका लागि नेपालगंज रेफर



सुर्खेत । सुर्खेतमा सरकारी गाडीको ठक्करबाट एक बालक गम्भिर घाईते भएका छन् ।

नेपालगंजबाट सुर्खेत आउँदै गरेको शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतको गाडीले भेरीगंगा नगरपालिका १० तालबारीमा पैदल यात्री ७ वर्षीय पवन पुनलाई ठक्कर दिदाँ उनी गम्भिर घाईते भएका हुन् । उनी सोही ठाउँका स्थानीय हुन् ।

टाउकोमा चोट लागेका कारण बोल्न नसक्ने अवस्थामा पुगेका घाईतेबालकलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँमा पुर्‍याइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगंज रेफर गरिएको प्रहरीले जनाएको छ ।

सुर्खेत प्रहरीका अनुसार बालकलाई ठक्कर दिने बा २ झ १९७३ नम्बरको सरकारी स्कारपियो गाडी र सवारी चालक वीरेन्द्रनगर नगरपालिका १२ एयरपोर्ट बस्ने ४४ वर्षीय कृष्णबहादुर रानामगरलाई नियन्त्रणमा लिईएको छ ।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?