२०८१ जेष्ठ २ गते बुधवार

प्रहरी प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेलको सरुवा



पुस २, काठमाडौँ । प्रहरी प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेलको सरुवा भएको छ ।

उनको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

यस्तै रानीपोखरीमा कार्यरत डीआईजी शैलेश थापा क्षेत्रीको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ ।

एसएसपीबाट डीआईडीमा बढुवा भएका पोखरेल डीआईजी हुनुअघि र पछि प्रहरी प्रवक्ताको भूमिकामा थिए । प्रवक्ता हुनुअघि उनी काठमाडौँ प्रहरी प्रमुखको भूमिकामा रहेका थिए ।

यस्तै डीआईजी थापा पोखरेल अघि प्रहरी प्रवक्ता रहेका थिए । अब फेरि थापा प्रवक्ताको भूमिकामा हुने बताइएको छ।

प्रकाशित मिति : २०७६ पुष २ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?