२०८१ जेष्ठ ६ गते आइतवार

पश्चिमी वायुको प्रभाव शनिबारसम्म मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना



हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

बिहीबार दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। अपरान्ह पश्चात पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

 

शुक्रबार प्रदेश २ मा आंशिक बदली रहि बाकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

 

शनिबार देशभरी आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?