२०८१ बैशाख ९ गते आइतवार

नेपालगन्ज देखि डाेल्पासम्म सिधा बस सेवाकाे दाेस्राे पटक उद्घाटन !




डाेल्पा २ फागुन : हिमाली जिल्ला डाेल्पासम्म सिधा बस सेवा सुरु भएको छ ।
नेपालगन्ज देखि दुनैसम्म सिधै ठुला बस पुगेको उपलक्ष्यमा बस सेवाकाे उद्घाटन गरिएको हाे ।
अघिल्लो बर्ष पनि दुनैसम्म सिधै बस पुगेका थिए ।त्यतिबेला पनि उद्घाटन गरिएको थियाे । याे पटक गरेर दाेस्राे पटक बस सेवाकाे उद्घाटन गरिएको हाे ।
बुधबार स्थानीय सरकारका जनप्रतिनिधि लगायत सराेकारवालाकाे उपस्थितिमा जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर राेकायले सिधा बस सेवाकाे उद्घाटन गरेकाहुन् ।
अब डाेल्पाबाट सिधै नेपालगन्ज,सुर्खेतसम्म बसमा यात्रा गर्न सकिने फाेक्सुन्डाे यातायात प्रालिका अध्यक्ष विशाल राेकायले जानकारी दिए ।
तल्नुबगर स्थित भेरी नदिमा ह्युम पाइप राखेपछि ठुलाबस भित्रिएका हुन् ।
साेहि ठाउँमा निर्माणाधीन बेलिब्रिज पुल भने अन्तिम चरणमा पुगेकाे छ ।
भेरीमा ह्युम पाइप राखेकाे करिब एक महिना पछिमात्र सिधै ठुला बस आएकाहुन् ।
सिधै डाेल्पा गाडी पुगेपछि अब दर्जन धेरै ठाउँमा गाडी परिवर्तन गर्दै नेपालगन्ज,सुर्खेत लगायतका शहर बजार पुग्नुपर्ने बाध्यता हटेकाे छ ।
डाेल्पाबाट साना गाडीमा एकै दिनमा र ठुला बसमा १८ घन्टामा नेपालगन्ज पुग्न सकिने यातायात समितिले जनाएका छन् ।
डाेल्पा देखि नेपालगसम्मकाे गाडी भाडा भने बसकाे तीन हजार आठसय र साना जीपकाे भाडा चार हजार आठसय ताेकिएकाे छ ।
भेरी करिडाेर अन्तर्गत पर्ने जाजरकोट-डाेल्पा सडकमा एक दर्जन धेरै माेटरेवल पुल निर्माण गर्न बाँकी छ ।
पक्की पुल नभएकै कारण आज सुरु भएकाे सिधा बस सेवा बर्खामा खाेलानाला बडेपछि अवरुद्घ हुने गर्दछ ।
अब देखि यात्रुलाई सहज हुनुकासाथै स्थानीय उत्पादनले समेत बजार पाउने बताइएको छ ।

हेर्नुहाेस तस्बिर

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?