२०८१ जेष्ठ ११ गते शुक्रवार

डाेल्पाकाे मुड्केचुलामा जनयुद्ध दिवसमा सार्वजनिक बिदा




रामचन्द्र न्याैपाने
डाेल्पा। हिमाली जिल्ला डाेल्पाकाे मुड्केचुला गाउँपालिकाले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।
माघ १३ गते बसेकाे गाउँ कार्यपालिकाकाे निर्णय अनुसार शसस्त्र जनयुद्ध थालनी भएकाे दिन १ फागुनमा सार्वजनिक बिदा दिने बिषयमा आइतबार सुचनानै जारी गरेकाे हाे ।
तत्कालीन जनयुद्धकाे आधार इलाका रुपमा रहेकाे मुड्केचुला गाउँपालिकाले निकालेकाे सुचनामा शसस्त्र जनयुद्धनै लाेकतान्त्रीक गणतन्त्र स्थापनाकाे आधार भएको उल्लेख गरिएकाे छ ।
उक्त दिनमा गाउँपालिका माताहत रहेका सरकारी कार्यालय,बिद्यालय लगायतका सम्पूर्ण संघ संस्थामा सार्वजनिक बिदा दिइएकाे अध्यक्ष दत्त बहादुर शाहीले बताए ।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?