२०८० मङ्सिर २१ गते बिहिवार

मुख्य सडकमै ढल निकास र अव्यवस्थित नालीले त्रिपुराकोट बजार दुर्घन्धित



रामचन्द्र न्याैपाने / डोल्पा ३ मंसिर : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ मा पर्ने त्रिपुराकोट बजार दुर्घन्धित बनेको छ ।
स्थानीयले ब्यवसायिले घर भान्साको ढल निकासको पानी सिधै मुल सडकमै फाल्न थालेपछि बजार क्षेत्र फोहोर मैलाले दुर्घन्धित बनेको हो ।
नेपालकै प्रशिद्ध शक्तिपिठ श्री वाला त्रिपुरासुन्दरी मन्दिर नजिकै रहेको त्रिपुराकोट बजारमा होटेल ब्यवसायिले भाँडा माझेको पानी,बासी सडेगलेका भात,तरकारी लगायतको फोहोरमैला बिच बाटोमा फाल्ने गरेकाहुन ।
भेरी करिडोर अन्तर्गत पर्ने मुल सडकमै गरिएको ढल निकासले दुर्घन्ध फैलिएपछि देश विदेशबाट घुम्न आएका पर्यटकहरु नाखमुख थुनेर हिँड्नु पर्ने अवस्था रहेको स्थानीय युवा कविप्रसाद उपाध्यायले बताए ।
“धार्मिक हिसामा प्रशिद्ध शक्तिपिठ भएको क्षेत्रमा यसरी फोहोरमैला बाटोमै फाल्नु गलत हो,यसले गर्दा नगरपालिकाकै बेइज्जत हुन्छ,वडा सरकार र नगरपालिकाले चासो लिएर तत्काल व्यवस्थापन गर्नु पर्छ”उपाध्यायले भने ।
नगरपालिकाका जनप्रतिनिधिहरु दैनिक यहि दुर्घन्धित बाटोमा आवत जावत गर्ने गरेपनि समाधानकोलागि कुनै प्रयास नगरेको त्रिपुराकोटका स्थानीयले बताएकाछन् ।
नगरक्षेत्रलाई सफासुग्गर र हराभरा बनाउने दायित्व नगरपालिकाकै भएपनि बजार क्षेत्रमा दुर्घन्ध फैलदा पनि कुनै चासो नदिएको भन्दै स्थानीयले दुख व्यक्त गरे ।
त्यतिमात्र नभई पल्लो बजार क्षेत्रमा पर्ने बसपार्क आसपासमाको ढल निकास गरिएको नाली थुनिएर मुल सडकमै फाहोर पानी भरिने गरेको छ ।
केही समय देखि नालीको पानी सिधै सडकमा भरीन थालेपनि यात्रुहरु नाखमुख थुनेर आवत जावत गरिरहेकोछन् ।
बसपार्क जाने ठाउँमा नाली थुनिएर दुर्घन्ध फैलिएपनि नगरपालिका बेखबर भएको जीप चालक जीवन सिँहले दुखेसो पोखे ।
“नगरपालिकामा फोहोर मैल ब्वस्थापनका कर्मचारी पनि छन्,आधा दर्जन धेरै नगर प्रहरी राखिएको छ,कम्तीमा फोहोरमैलाका कर्मचारीलाई थुनिएको ढल खोल्न लगाउने,नगरप्रहरीद्धारा ब्वसायिलाई सचेत गराउनु पर्ने हो,जनप्रतिनिधिलाई कुनै मतलव छैन”सिँहले भने ।
नालीको फोहोर पानी थुनिएर सडकमा रहेका खाल्डाहरु भरिदाँ र बाटो भिजेर चिप्लोहुँदा मोटरसाइकल लगायतका सवारी साधन दुर्घटनाको जोखिम रहेको ट्राफिक प्रहरी जवान झलनाथ वलीले बताए ।
घटना घटिसकेपछि पछुताउनु भन्दा समयमै ब्यवस्थापनकालागि नगरपालिकाले चासो लिनुपर्ने उनको भनाइ छ ।

तस्बिरमा हेर्नुहाेस दुर्घन्धित त्रिपुराकाेट बजार

प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?