२०८० फाल्गुन ११ गते शुक्रवार

दुई सय भुकम्प पिडितलाई सिद्धार्थ ग्रुप र चेम्बर अफ कमर्सद्वारा राहत बितरण




रामचन्द्र न्याैपाने
डाेल्पा २४ कात्तिक
रुकुम पश्चिम र जाजरकोटका भुकम्प पिडितलाई सिद्वार्थ ग्रुप र चेम्बर अफ कमर्शले राहत वितरण गरेकाे छ ।
भुकम्प प्रभावित जिल्लामै पुगेर सिद्धार्थ ग्रुप,कर्णाली चेम्बर अफ कमर्स र डोल्पा चेम्बर अफ कमर्सका पदाधिकारीले राहात बितरण गरेकाहुन् ।
डाेल्पा चेम्बर अफ कमर्सका अध्यक्ष लिलराज रोकायका अनुसार खाना पकाउने कराई १ सय थान,डेक्ची आल्मुनियम १ सय थान,कचौरा स्टिल ४ सय थान, गिलास स्टिल ४ सय थान,गिलास स्टिल ४ सय थान पन्यु स्टिल १ सय थान वितरण गरेकाे छ ।
त्यसैगरी थाली स्टिल ४ सय थान,बाल्टी १ सय थान,मग १ सय थान,चामल २५ केजीको २५ सय केजी दाल २५ केजीको ३ सय ७५ केजी,तेल तोरीको १ सय लिटर, सिरक कपासको १ सय थान डसना कपासको १ सय थान र त्रिपाल १२ वाई १० को १ सय थान राहात जाजरकोटमा १ सय र रुकुममा १ सय गरि दुई सय पिडित घरधुरीलाइ हस्तान्तरण गरेको राेकायले बताए ।
दुई जिल्ला गरेर बीस लाख बराबरको राहत सामाग्री वितरण गरिएको कर्णाली प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष तथा सिद्वार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए ।


प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?