२०८१ बैशाख १३ गते बिहिवार

भुकम्प पिडितकालागि डाेल्पाका राजनीतिक दलले सहयोग संकलन गर्ने




डाेल्पा २३ कात्तिक : भुकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमकालागि डाेल्पाका राजनीतिक दलले आर्थिक सहयोग संकलन गर्ने भएकाछन् ।
जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर राेकायकाे अध्यक्षतामा सदरमुकाम दुनैमा बसेकाे सर्वदलीय,सर्वपक्षीय बैठकले डाेल्पाका राजनीतिक दलका तर्फबाट पनि सकेजति रकम संकलन गर्ने भएकाहुन् ।
दुई जिल्लाका भुकम्प प्रभावितकाे राहत तथा पुन:स्थापनाकालागि नेपाली काङ्ग्रेस,नेकपा एमाले,नेकपा माअाेवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका प्रमुख तथा प्रतिनिधिहरुले जिल्लास्तरबाट आर्थिक सहयोग संकलन गरेर पठाउने तयारी गरिएकाे हाे ।
केही दिनभित्रै आर्थिक सहयोग उठाएर भुकम्प प्रभावितकालागि पठाइने जिल्ला समन्वय समितिका प्रमुख राेकायले बताए ।
त्यसैगरी जिल्ला उद्योग वाणिज्य संघ,नागरिक समाज र पत्रकारहरुले पनि आ-आफ्नाे तर्फबाट सहयोग संकलन गर्न आग्रह गरिएको राेकायकाे भनाइ छ ।
बैठकमा नेपाली काङ्ग्रेसका उप सभापति लबकुमार शाही,नेकपा एमालेका नेता नर बहादुर बुढा,नेकपा माअाेवादी केन्द्रका संयाेजक धर्मजित बाेहाेरा,एकीकृत समाजवादीका धर्मलाल बुढा,ठुलिभेरी नगरपालिकाका प्रमुख सुवर्ण बुढा,वडाअध्यक्षहरु,उद्याेग वाणिाज्य संघ,नागरिक समाज,पत्रकार लगायतका सराेकारवालाहरुकाे उपस्थिति रहेको थियाे ।

प्रकाशित मिति : २०८० कार्तिक २३ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?