२०८० मङ्सिर २१ गते बिहिवार

भुकम्प प्रभावितलाई डोल्पाबाटमात्रै ३१ लाख ५५ हजार सहयोग



रामचन्द्र न्याैपाने
डोल्पा २१कात्तिक
हिमाली जिल्ला डोल्पाका सात स्थानीय तहले भुकम्प प्रभावित जिल्लाकालागि ३१ लख ५५ हजार १ सय ११ रकम सहयोग गरेकाछन् ।
गत शुक्रवार मध्यराती जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट प्रभावित दुई जिल्लाका नागरिकको उद्धार,राहत र पुनःस्थापनाकालागि डोल्पाबाटमात्रै उक्त रकम सहयोग गरेकाहुन् ।
जसमध्ये सबैभन्दा पहिला ठुलिभेरी नगरपालिकाका नगर प्रमुख सुवर्ण बुढा आफै प्रभावित जिल्ला जाजरकोट पुगेर पाँच लाख सहयोको घोषणा गरेका थिए ।
छिमेकी जिल्लाका रुपमा रहेका रुकुम पश्चिम र जाजरकोटकालागि त्रिपुरासुन्दरी नगरपालिकालेमात्रै सात लाख पचास हजार सहयोगको घोषणा गरेको छ ।
तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकाले पाँच लाख र जगदुल्ला गाउँपालिकाले पाँच लाख पाँच हजार एक सय एघार सहयोग घोषणा गरेकाछन् ।
त्यसैगरी काइके गाउँपालिकाले तीन लाख सहयोगको घोषणा गरेको छ ।
उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो र छार्काताङ्सोङ् गाउँपालिकाले तीन–तीन लाख सहयोगको घोषणा गरेकाछन् ।
जिल्लाका आठ मध्ये सातवटा स्थानीय तहले सहयोग गरिकेकाछन् भने डोल्पोबुद्ध गाउँपालिकालेमात्र हालसम्म कुनै सहयोगको घोषणा गरेको छैन् ।
सहयोग गर्ने सबै स्थानीय तहले विज्ञप्ती जारी गर्दै सहयोगको घोषणा गरेकाहुन् ।

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?