
रामचन्द्र न्याैपाने
डाेल्पा २० कात्तिक
हिमाली जिल्ला डाेल्पाकाे शे-फाेक्सुन्डाे गाउँपालिकाले भुकम्प पिडितलाई तीन लाख सहयोगकाे घाेषणा गरेकाे छ ।भुकम्प प्रभावित जिल्लाका नागरिकहरूकाे राहत,उद्वार र पुन स्थापनाकालागि हातेमालाे गर्दै विपत व्यवस्थापन काेषबाट तीन लाख सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
जाजरकोट र रुकुम पश्चिममा भुकम्पले ठुलाे जनधनकाे क्षति भएकाले आ-आफ्नो ठाउँबाट सहयोग गर्न पनि गाउँपालिकाले अपिल गरेकाे छ ।
प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार