२०८० मङ्सिर २१ गते बिहिवार

डोल्पाको ठुलिभेरी नगरपालिकाले जाजरकोटाका भूकम्प पीडितलाई पाँच लाख सहयोग गर्ने



डाेल्पा : डोल्पाको ठुलिभेरी नगरपालिकाले जाजरकोट भूकम्प पीडितको सहयोगका लागि पाँच लाख दिने घोषणा गरेको छ । भूकम्प प्रभावित जिल्ला जाजरकोट आफै पुगेर नगरप्रमुख सुवर्ण कुमार बुढाले पाँच लाख सहयोग गर्ने घोषणा गरेका हुन् । 

शुक्रबार मध्यराती गएको भूकम्पले छिमेकी जिल्लामा ठूलो जनधनको क्षति भएकाले सानै भएपनि सहयोग गर्ने नगर प्रमुख बुढाले बताए । यस्तो महाविपत्तीमा सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न पनि उनले अपिल गरेका छन् ।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५७  मानिसको मृत्यु भएको छ।  करिब दुई सयजना घाइते भएका छन्। 

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?