२०८० मङ्सिर २१ गते बिहिवार

१०६ मेघावाट क्षमताको जगदुल्ला हाइड्रोपावरकाे ईआइए प्रतिवेदन स्वीकृत !




रामचन्द्र न्याैपाने
डाेल्पा १५ कात्तिक
: हिमाली जिल्ला डाेल्पामा पर्ने १०६ मेगावाटको जगदुल्ला हाइड्रोपावरकाे वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन स्वीकृत भएको छ।

संघिय वन तथा वातावरण मन्त्रालयकाे मन्त्रीस्तरीय निर्णयले ईआइए प्रतिवेदन स्वीकृत गरेको हो।
प्रतिवेदन स्वीकृत भएसँगै आयोजना निर्माणको बाटो खुलेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय सापकोटाले बताए ।
स्वीकृतिका लागि प्रतिवेदन दसैंअघि नै मन्त्रालयमा पेस गरेका थियाै,अब जेनेरेसन लाइसेन्स लिने प्रक्रिया छाैँ सिइयाे सापकोटाले भने ।
तल्लाे डाेल्पाकाे जगदुल्लाकाे काइगउँमा बाँध निर्माण र मुड्केचुला गाँउपालिकामा पर्ने इलमा पावरहाउस निर्माण गरिने उक्त आयोजनालागि करिब २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
जसमध्ये १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ सेयर बाट जुटाइने हाइड्रोपावरले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?