२०८० मङ्सिर २१ गते बिहिवार

डाेल्पाकाे त्रिपुराकाेट बजारमा चाेरीका घटना बड्दै,एकै रात दुई ठाउँमा चाेरी !




रामचन्द्र न्याैपाने
डाेल्पा १५ कात्तिक :
हिमाली जिल्ला डाेल्पाकाे त्रिपुराकाेट बजारमा चाेरकाे बिगबिगी बडेकाे छ ।
एकसाता यतामात्रै तीनवटा ठाउँमा चाेरी भएकाे छ ।
गए रातीमात्रै गुरुङ्ग फेन्सि पसलबाट नगत १२ हजार सहित केथी थान ज्याकेट र टिसर्ट चाेरी भएको छ ।
चाेर मध्य राती ढाेका फुटाएर पसलमा छिरेछ,पैसा राख्न राख्ने घर्रा पनि फुटाएछ,भान्सामा छिर्न खाेजेपछि थाहा भयाे सञ्चालक लक्ष्मी गुरुङ्गले भनिन ।
चाेरलाई समात्न खाेज्दा खाेज्दै भागेकाे उनले बताइन ।
त्यस्तै गएराति नै फाेक्सुन्डाे हाेटेलमा सुतिरहेका त्रिपुरासुन्दरी नगरपालिका ६ का अध्यक्ष देवेन्द्र चलाउनेकाे ४८ हजार मूल्य बराबरकाे भिभाे कम्पनीकाे माेबाइल चाेरी भएको छ ।
गएराती काेठामा चुकुल लगाउन बिर्सिएछु,काेठा बत्ती बलेकाे थियाे,राती कतिखेर सिरानमा राखेकाे माेबाइल चाेरी भएकाे थाहै भएन् उनले भने ।
त्यसैगरि हिजाेरातीनै दुई तीनवटा घरमा ढाेका हानेकाे स्थानीयले बताएकाछन् ।
गत नाै गते पनि त्रिपुराकाेट बजारकै हाेलसेल पसल रितिका टेडर्सबाट १ लाख ५० हजार बराबारकाे सामान चाेरि भएको थियाे ।
याे बिषयमा शंकास्पद व्यक्ति किटान गरेर प्रहरी चाैकी त्रिपुराकाेटमा उजुरी समेत परेकाे छ ।

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?