
रामचन्द्र न्याैपाने,
डाेल्पा १३ कात्तिक : हिमाली जिल्ला डाेल्पामा रहेकाे शे-फाेक्सुन्डाे ताल घुम्न आएका नाै जनाकाे नेपाली सेनाकाे हेलिकप्टरबाट उद्वार गरिएको छ ।
ताल पुगेर फर्किन नसकेपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहियाका छाेरा सहित नाैजनाकाे उद्वार गरेर सुर्खेत लगिएको हाे ।
उद्वार गरिनेमा सम्भव सिराेहिया,पुर्व मिस नेपाल श्रृङखला खतिवडा सहित नाै जना रहेकाे प्रमुख जिल्ला अधिकारी भुमिश्वचर पाेख्रेलले जानकारी दिए ।
काठमाडौबाटै घुम्न आएको उक्त टाेली आइतबारमात्रै फाेक्सुन्डाे ताल पुगेकाे थियाे ।
हेलिकप्टर रिजर्भ गरिएको जिल्ला प्रशासन कार्यालय डाेल्पाले जनाएको छ ।

तस्बिर : युवा पर्यटन व्यवसायी नाेर्वु लामाकाे फेसबुकबाट साभार
प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार