२०८० मङ्सिर २१ गते बिहिवार

सांसद बुढाले सदनमा उठाए भेरीकरिडाेर स्तरउन्नतिका कुरा !




डाेल्पा २५ असाेज : डाेल्पाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य धन बहादुर बुढाले सदनमा भेरी करिडोर स्तरउन्नतिका कुरा जाेडदार रुपमा उठाएकाछन् ।
बिहीबार प्रतिनिधि सभामा बाेल्दै सांसद बुढाले राज्यकाे उदासिनताले छ बर्ष अघि निर्माण भएकाे भेरी करिडाेर स्तरउन्नति हुन नसक्नुकाे साथै ठाउँ ठाउँमा पक्की पुल समेत नबनेकाे बताए ।
राष्ट्रिय महत्त्वकाे सडककाे रुपमा रहेकाे भेरी करिडाेरकाे तल्नु दुनै खन्ड तत्काल स्तरउन्नती गर्न र ल्यासीक्याप सिसाैल सडकखन्ड निर्माणकाे जिम्मा सेनालाई दिन सदन मार्फत सरकारलाई ध्यानाकर्षण गराएकाहुन् ।
त्यतिमात्र नभई लामाेसमय देखि भेरि करिडोर स्तरउन्नती नहुँदा डाेल्पाली जनताले ठुलि सास्ती खेपिरहेकाे उनले बताए ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?