२०८० मङ्सिर २१ गते बिहिवार

डाेल्पाकाे त्रिपुरासुन्दरीमा सुरु स्वास्थ्य शिविरमा पहिलो दिनमै तीन सय बीसले गराए उपचार !




डाेल्पा २५ असाेज : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकाेटमा सुरु भएको स्वास्थ्य शिविरबाट तीन सय बीस जनाकाे उपचार भएको छ ।
नगरपालिकाकाे ग्रामीण भेगमा विभिन्न राेगले थलिएका तीनसय बीस बिरामीले निशुल्क विशेषज्ञ सेवा सहितको उपचार पाएकाहुन् ।
शिविर सुरु भएदेखिनै उपचारकालागि बिरामी खचाखच भरिएको नगरपालिकाका स्वास्थ्य शाखा इन्चार्ज तुल बहादुर श्रेष्ठले बताए ।
सम्पूर्ण विशेषज्ञ सेवा एउटै छानाभित्रबाट पाइने भएकाले राेगले ग्रस्त,गरिव विपन्न व्यक्तिकालागि सुनाैलाे अवसरकाे रुपमा शिविर सञ्चालन गरिएको उनकाे भनाइ छ ।
त्रिपुरासुन्दरी नगरपालिकाको आयोजनामा तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको हो ।
शिविर तीन दिनसम्म चल्ने नगरपालिकाले जनाएको छ । शिविरमा हाडजोर्नी तथा नशा सम्बन्धी रोग, दन्त रोग, बाल रोग, छाला तथा यौन रोग, स्त्री तथा प्रसुती रोग र भिडियो एक्स–रे सम्बन्धी सेवा दिइने छ ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?