
रामचन्द्र न्याैपाने
डाेल्पा २३ असाेज
हिमाली जिल्ला डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र राेकाय र प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले आफ्नाे कार्यकक्षमा ग्रेटर नेपालकाे नक्सा राखेकाछन् ।
मंगलबार दुबै जनाकाे कार्यकक्षमा विशाल नेपालकाे नक्सा राखिएको हाे ।
प्रत्येक नागरिकलाई देशकाे एक इन्च जमिन पनि प्राण भन्दा प्याराेहुने भएकाले कुनै पनि देशकाे सिमा,स्वायत्तता र स्वाधीनताकाे रक्षा गर्नु नेपाली नागरिकको दायित्व भएको बताए ।
त्यहि भएर पनि नगरपालिकाले नगर प्रमुख र प्रशासकीय अधिकृतकाे कक्षमा ग्रेटर नेपालकाे नक्सा राखेको उनकाे भनाइ छ ।
सुगाैली सन्धि अघि पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म फैलिएकाे विशाल नेपालकाे नक्सा सम्पूर्ण सरकारी कार्यालयमामात्र नभई प्रत्येक नेपालीले घरघरमा टास्नु पर्ने उनकाे धारणा छ ।



प्रकाशित मिति : २०८० असोज २३ गते मङ्गलवार