
डाेल्पा १८ असाेज : त्रिपुरासुन्दरी नगरपालिका ५ खदाङ्गमा व्यवसायीक रुपमा पालन गरिएका छ वटा बाख्रा मरेकाछन् ।
हरियापानी बाख्रापालन श्राेत केन्द्रले व्यवसायिक रुपमा पालन गरेका छ बाख्रा बाषालु घाँस खाएर मरेकाहुन् ।
बुधबार साँझ बनबाट गाेठमा ल्याइसकेपछि एकाएक गरि छ वटा बाख्रा मरेकाे र चाैध बिरामी परेकाे श्राेत केन्द्रका सचिव कबि प्रसाद उपाध्यायले बताए ।
जसबाट श्राेत केन्द्रलाई दुई लाख बराबरकाे क्षति भएकाे सचिव उपाध्यायकाे भनाइ छ ।
अझ सबै मर्न सक्छे,नगरपालिकाबाट पशु चिकित्सक डा.विनिता केसीलाई लिएर उपचार पछि धेरैजसोलाई सञ्चाे भयाे उनले भने ।
जिल्लामै पहिलोपटक दुई जना युवाहरु मिलेर खदाङ्ग व्यवसायीक बाख्रा पालन गरेकाछन् ।
यस श्राेत केन्द्रमा झन्डै तीन सय बाख्रा रहेकाे सचिव उपाध्यायले बताए ।
प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार