२०८० मङ्सिर २१ गते बिहिवार

चीन सग सिमाना जोडिएका डोल्पाका २ नाका खुला



पुर्ण कुमार / नेपाल ब्रेक

डोल्पा , ७ असाेज

चीन सग जोडिएका डोल्पाका २ नाका खुला गरिएको छ । चिनियाँ दूतावासले डोल्पाको सिमाना सग जोडिएका २ नाका खुल्ला भएको एक विज्ञप्ति मार्फत उल्लेख गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड ‘ काे चीन भ्रमण भइरहेको समयमा डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको दुई नाका हरु खुल्ला गरिएको हो । डोल्पाको शे- फोक्सुण्डो गाउँपालिका मा पर्ने खुङला नाका र डोल्पोबुद्ध र छार्का ताङ्सोङ गाउँपालिकामा पर्ने मर्युम नाका खुल्ला गरिएको छ ।

केही समय अघि चीन सग डोल्पाको सिमानामा रहेका नाका खुल्ला गर्नको लागि कर्णाली प्रदेशका प्रदेश सभा सदस्य एबम् पूर्व पर्यटन मन्त्री बीर बहादुर शाही , पुर्व पर्यटन राज्य मन्त्री तथा प्रतिनिधि सभा सदस्य धन बहादुर बुढा लगायतको टोलीले गृह मन्त्री नारायणकाजी श्रेष्ठ लाई ज्ञापन पत्र बुझाएको थियो ।

नाका खुला भएसगै भन्सार समेत खोल्ने विषयमा व्यापक छलफल भएको पूर्व मन्त्री शाहीले जानकारी दिए । त्यस्तै भौगोलिक हिसाबले सदरमुकाम दुनै भन्दा धेरै तथा रहेको उपल्लो डोल्पामा इलाका प्रशासन देखि सीमा क्षेत्रमा सुरक्षा क्याम्प स्थापना गर्ने विषयमा समेत प्रधानमन्त्री सग व्यापक छलफल भइरहेको पूर्व मन्त्री शाहीले जानकारी दिए । उपल्लो डोल्पाका नाका खुले सगै डोल्पामा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा , कटुको, पांचऔँले जस्ता जडिबुटी बिक्री गर्न सहज हुने छ ।

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?