२०८० मङ्सिर २१ गते बिहिवार

नेपाली कांग्रेस डोल्पाको कार्यवाहक सभापतिकाे जिम्मा शाहिलाई



पुर्ण कुमार/ नेपाल ब्रेक

डोल्पा , ७ भदौ

नेपाली कांग्रेस जिल्ला कार्यसमिती डोल्पाको कार्यवाहक सभापतिकाे जिम्मेवारी युवा नेता पूर्ण वहादुर शाहीले पाएका छन् ।

पार्टी सभापति दीपेन्द्र वहादुर शाही विशेष कामकाजकाे लागि जिल्ला बाहिर रहनु पर्ने भएको हुँदा २०८० भदौ २६ गते देखि नै लागू हुने गरी सभापति शाहीले कार्यवाहक सभापतिकाे जिम्मा शाहिलाई दिएका हुन् ।

शाही नेपाली कांग्रेस जिल्ला कार्यसमिति डोल्पाका उप- सभापति समेत हुन् । सभापति शाही जिल्ला वाहिर रहुन्जेल सभापतिले गर्ने काम काज उप-सभापति शाहीले गर्ने गरी कार्यवाहक सभापतिको जिम्मेवारी दिएको विज्ञप्ति मार्फत् उल्लेख गरिएको छ ।

कार्यवाहक सभापति शाही पछिल्लाे समय डोल्पामा युवा कार्याकर्ता माझ लोकप्रिय नेता समेत हुन्। उपसभापति शाहीले सभापतिको जिम्मेवारी पाए सगै सभापतिको अनुपस्थितिमा बस्न नसकेको बैठकले पूर्णता पाउने देखिएको छ ।

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?