२०८० मङ्सिर २१ गते बिहिवार

संविधान दिवसको अवसरमा त्रिपुराकाेट बजार सरसफाइ !




डाेल्पा ३ असाेज: हिमाली जिल्ला डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका स्थित त्रिपुराकाेट बजार सरसफाइ गरिएको छ ।
संविधान दिवसकाे अवसरमा नगरपालिकाका जनप्रतिनिधि कर्मचारी,स्थानीय ब्यापारी सहित सराेकारवालाकाे उपस्थितिमा बजार सरसफाइ गरिएको हाे ।
बुधवार देशभर संविधान दिवस मनाईरहँदा त्रिपुरासुन्दरी नगरपालिकामा पनि सरसफाइ लगायतका विभिन्न कार्यक्रम गरि मनाइएकाे प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बताए ।
दिवसकाे अवसरमा आज बेलुका नगरपालिका र चाेकमा दिप प्रज्वलन गर्ने कार्यक्रम समेत रहेको उनकाे भनाइ छ ।

हेर्नुहाेस फाेटाेहरु

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?