२०८० असोज ९ गते मङ्गलवार

राष्ट्रिय बालदिवस २०८०: कोहि बजार र्यालीमा त कोही गिट्टी कुट्दै

कस्ले बुझिदिने यस्ता बालबालिकाको पीडा??????


पुर्ण कुमार/ नेपाल ब्रेक

भदाै २९, डोल्पा

आज देशै भर “बालबालिकामा लगानी , सुनिश्चित भविष्यको थालनी ” भन्ने नाराका साथ ५९ औँ राष्ट्रिय बाल दिवश मनाइरहँदा डोल्पामा केही बालबालिकालाई बालदिवश भनेको नै थाहा थिएन ।

आजको दिन कोही बालबालिका प्लेकार्ड सहित बजार र्यालीमा निस्केका थिए त कोही बिहानै देखि काममा निस्केका थिए । गरीब, विपन्न , दलित परिवारमा हुर्केका बालबालिका बिहानै काममा निस्कन्छन्।

यो दृश्य हो, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ सार्की टोलका बालबालिकाको । हिजो आज उनीहरूको दैनिकी ढुंगा, गिट्टीसँगै बित्ने गरेको छ । यसरी नै उनीहरूको दैनिकीसँगै गुजारा पनि चलिरहेको छ ।

आर्थिक अभावले विद्यालय जानुपर्ने बालबालिका सधैं जसो गिट्टी कुट्दै दिन बिताउने गर्छन् । उनी हरुलाई विद्यालय पढ्न मात्रै होइन घरमा बिहान–बेलुका छाक टार्ने पनि समस्या छ । कापी कलम किन्ने पैसा छैन । जसकारण विद्यालय जानुपर्ने उनीहरू गिट्टी कुटेरै घरको आर्थिक अभाव पूरा गर्न अभिभावकलाई सघाउने गर्छन् । बुबा आमाको आयस्रोत नभएपछि यहाँका विपन्न, गरिब, दलित परिवारका बालबालिकाको अध्ययन प्रभावित भएको छ । ‘पैसा नहुँदा पढ्न पनि सकिँदैन ।

काम पाइहाले पनि थोरै मात्रा दाम आउँछ, खान पनि पुग्दैन । त्यसैले गिट्टी कुट्न आएको हुँ,’ त्रिपुरासुन्दरी १ त्रिपुराकोट १२ वर्षीय बालिका कोपिला सार्कीले बताइन्। खान लाउन आर्थिक समस्या भएपछि गिट्टी कुट्न आएको उनी बताउँछिन् । लगातार गिटी कुट्दा महिनामा दुई हजार रुपैयाँसम्म आम्दानी हुने उनले बताइन । त्रिपुराकोटका यी बालबालिका उदाहारण मात्र हुन् ।

यहाँका अधिकांश विपन्न, गरिब र दलित बालबालिकाको अवस्था यस्तै छ । पढाई खर्चसँगै विद्यालय निर्माणमा आवश्यक पर्ने गिट्टी कुटिरहेको शिक्षक मन वहादुर सार्कीले बताए । गिट्टी कुटे बापत उनीहरूले प्रति बोरा १०० रुपैयाँ पाउँछन् ।

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?