२०८० असोज ९ गते मङ्गलवार

डोल्पामा ५९ औं राष्ट्रिय बाल दिवश- २०८०



भदौ २९ डोल्पा :
“बालबालिकामा लगानी , सुनिश्चित भविष्यको थालनी “
भन्ने नाराका साथ आज देशै भर ५९ औँ राष्ट्रिय बाल दिवश विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । राष्ट्रिय बालदिवसकाे अवसर पारेर हिमाली जिल्ला डोल्पामा पनि भव्य रूपमा बालदिवश मनाइएको छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाकाे त्रिपुराकोट बगर बजार , सदरमुकाम दुनै , जुफाल लगाएतका बजारमा बिद्यार्थीहरु द्वारा आफ्नो बिद्यालयबाट विभिन्न कार्ड सहित काे प्रदर्शन गरी बजार र्याली निकालिएको थियो । त्यस्तै मुड्केचुला काे कालिका साधारण तथा प्राविधिक माध्यमिक विद्यालयले पनि विद्यालयको प्राङ्ग्रनमा सांस्कृतिक कार्यक्रम सहित राष्ट्रिय बाल दिवश भव्य रूपमा सम्पन्न गरेको छ । बालदिवशको अवसरमा विद्यार्थीले निकालेको बजार र्यालीमा स्थानीय तहका कर्मचारी , विद्यालयका शिक्षक, प्रहरि प्रशासन , सञ्चारकर्मी हरुको समेत उपस्थिती रहेको थियो ।

फोटो फिचर: पूर्ण कुमार

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?