२०८० असोज ९ गते मङ्गलवार

मृतक मेजर पण्डितकाे शव पोष्टमार्टमकाे लागि काठमाण्डौं पठाइयो



पूर्ण कुमार/ नेपाल ब्रेक

डोल्पा, २७ भदौ

डोल्पाको नन्दबक्स ब्यारेकका मेजर पण्डितको शव काठमाण्डौ लगिएको छ ।
बुधबार दिउँसो नेपाली सेनाको हेलिकप्टर मार्फत मृतक मेजर पण्डितको शव काठमाण्डौं पठाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
भदौ १० गते साँझ एक्लै इभिनिंग वाल्क जान्छु भन्दै निस्किएका मेजर पण्डितकाे शव १६ दीन पछि मंगलबार बिहान त्रिपुरासुन्दरी नगरपालिकाकाे वडा नं ५ करवगाड स्थित चिन्डेबगर भिरकाे नजिकै भेरिनदीको किनारामा फेला परेको थियो ।
मृतक मेजर पण्डितको पोष्टमार्टम र अन्त्येष्ठी काठमाण्डौंमा हुने बताइएको छ।
मेजर पण्डित मृत्युको कारण भने खुल्न सकेको छैन्।

प्रकाशित मिति : २०८० भाद्र २७ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?