
पुर्ण कुमार / नेपाल ब्रेक
भदौ २६, डोल्पा
हिमाली जिल्ला डोल्पाको नन्दबक्स ब्यारेकमा कार्यरत बेपत्ता मेजरकाे शव फेला परेको छ ।
विगत १६ दिन देखि बेपत्ता ३८ वर्षीय मेजर विमल पण्डितको काे शव मंगलबार बिहान करवगाड स्थित भेरि नदीमा फेला परेको हो ।
काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका डाछि घर भई हाल डोल्पामा कार्यरत मेजर पण्डितकाे सदरमुकाम दुनै बाट सम्पर्क विहीन भएको १६ दिन पछि भेरीमा शव पत्ता लागेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय करवगाडकाे टोलीले करवगाड स्थित भेरीमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो । भेरीमा पानीको बहाव बढि भएका कारण केही समय शव मेजर पण्डितको नै हो भन्ने पुष्टि गर्न निकै कठिन भयाे , केही समय पछि जिल्ला प्रहरि कार्यालयको टोली त्यहाँ पुगे पछि शव भेरि नदी देखि उतारेर उनले हात मा लगाएको घडी र सुनकाे औंठी बाट पहिचान गरिएको त्रिपुराकोट प्रहरि चौकीका इन्चार्ज रुद्र बहादुर शाही ले बताउनु भयो ।
शव पहिचान भए लगत्तै शव लाई पोस्टमार्टमकाे लागि जिल्ला अस्पताल डोल्पा लागिएको प्रजीअ पोखरेलले नेपालब्रेक लाई बताउनु भयो ।
भदौ १० गते साँझ इभिनिङ वाल्क जान्छु भन्दै सदरमुकाम दुनै देखि त्रिपुराकोट सम्म पुगेका मेजर एक्कासी सम्पर्क विहिन भएपछि जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय , शसस्त्र प्रहरी बल, र नेपालि सेनाले तिब्र रुपमा खोजीकार्य अघि बढाएका थिए ।