२०८० असोज ९ गते मङ्गलवार

गौहत्या विरुद्ध डोल्पालीले प्रधानमन्त्रीलाई पठाए ज्ञापनपत्र




डाेल्पा १८ भदाै : पछिल्लो समय नेपालमा खुलारुपमा भइरहेको गाई हत्या विरुद्ध डोल्पालीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।
विश्व हिन्दु महासंघ डोल्पाको अगुवाईमा गौहत्यारालाई कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञावलीले गाई नेपालको राष्ट्रिय जनावार मात्र नभई सबैकी गौमाता भएकाले हत्या गर्नु कानुनको खिलाफमा हुने भएकाले आवश्यक प्रकृयाको लागि नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रालयमा पठाइने बताए ।

गौहत्या गरेर हिन्दुहरुको मौलिक पहिचान मेटाउने कुचेष्टा चलिरहेकोमा हिमाली जिल्ला डोल्पामा त्यस्तो खालको धर्मविपरीत कार्य हुननदिन पुर्वसर्तकता अनुरुप ज्ञापनपत्र बुझाइएको श्रीवालात्रिपुरासुन्दरी मन्दिरका अक्षय कोष समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताए ।

मुलुकमा सनातनीहरुको संख्या अत्याधिक भएकोमा सरल शाान्त अनुशासित र सहनसिल भएको फाइदा लिएर हेप्ने गर्दै जाने हो भने निकट भविश्यमा देशमा ठूलो धार्मिक द्धन्द्ध हुने खतरा निम्तिने समेत ज्ञापनपत्रमा उल्लेख छ ।
देशमा पछिल्लो चरणमा भइरहेको गौहत्यालेदेशलाई नै चुनौती दिएकाले यस्ता कार्यलाई तत्काल रोकी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न आग्रह गर्नुका साथै अन्यथा हुन गएमा जस्तोसुकै डोल्पाली आन्दोलनको आधीबेरी समेत ल्याउने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा बुझाउन श्रीवालात्रिपुरासुन्दरी भगवती मन्दिरका पुजारी देकिृष्ण उपाध्याय टंकप्रसाद उपाध्याय लक्ष्मीप्रसाद उपाध्याय निर्मप्रसाद उपाध्याय नारायण उपाध्याय टिकादत्त न्यौपाने निसानी नरभुम शाही देवेन्द्र शाही र रविलाल खत्री लगायत सर्वसाधारण बाग्लो सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?