
डाेल्पा ८ भदाै,
हिमाली जिल्ला डाेल्पाकाे सदरमुकाम दुनै-त्रिपुराकाेट जाेड्ने सडकखन्ड पहिराेले अवरुद्ध भएपछि स्थानीय यातायात समिति र ट्राफिक प्रहरी मिलेर पन्छाएकाछन् ।
अविरल बर्षातका कारण शुक्रबार विहान उक्त सडकखन्डकाे सुँपानीमा खसेकाे पहिराे यातायात समिती, ट्राफिक प्रहरी र सवारी चालक मिलेर पन्छाएकाहुन् ।
पहिराे खसेपछि विहान करिब एक घन्टा सडक अवरुद्ध भएकाे र पन्छाएपछि सवारीसाधन पास भएकाे ट्राफिक प्रहरी झलनाथ वलीले जानकारी दिए ।
यससँगै यातायात समितिका वसन्त उदास,विकास बाेहाेरा लगायतकाे टाेली र ड्राइभरकाे टाेलीले पहिराे पन्छाउन सक्रिय भुमिका निभाएकाे वलीले बताए ।
यस क्षेत्र खसेका ठुला पहिरा बाहेक सानातिना पहिरो यातायात समिति र ट्राफिक आफैले पन्छाउँदै आएकाछन् ।
प्रकाशित मिति : २०८० भाद्र ८ गते शुक्रवार