२०८० असोज ९ गते मङ्गलवार

जगदुल्ला बलात्कार घटना: निश्पक्ष छानबिन गरि पिडितलाई न्याय दिन अखिल क्रान्तिकारी माग




डाेल्पा ७ भदाै : हिमाली जिल्ला डाेल्पाकाे जगदुल्ला गाउँपालिका वडा नं ६ मा घटेकाे सामुहिक बलात्कार घटनाकाे निश्पक्ष छानबिन गरि पिडितलाई न्याय दिन माग गरिएको छ ।
बिहिवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन(क्रान्तिकारी) ले जिल्ला प्रशासन कार्यालय डाेल्पामा ज्ञापनपत्र बुझाउँदै निश्पक्ष छानबिनको माग गरेकाे हाे ।
नाै जनाले एक पन्ध्र बर्षिय बालिकामाथि पटक पटक बलात्कार गरेर क्रुर दानविय व्यवहार देखाएकाले संलग्न सबै अपराधी पक्राउ गरि कानुन अनुसारकाे हदैसम्मकाे कारवाही गर्न ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
जिल्ला अध्यक्ष हेमन्त राेकायकाे नेतृत्वमा गएकाे विद्यार्थीहरुकाे टाेलीले प्रमुख जिल्ला अधिकारी भुमिश्वर पाेख्रेललाई भेटेर ज्ञापनपत्र बुझाएको हाे ।
बलात्कार घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरिसकेकाे छ ।पाँच जना अझै पक्राउ पर्न नसकेको प्रहरीले जनाएको छ ।
पिडित किशाेरी गर्भवती भएसँगै छ महिनापछि मात्र घटना बाहिरीएकाे थियाे ।

प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?