२०८० असोज ९ गते मङ्गलवार

डाेल्पाकी मुटु राेगबाट ग्रसित राेकायाकाे उपचारकालागि सांसद बुढाद्वारा २५ हजार सहयाेग !




डाेल्पा ३२ साउन : डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले मुटुराेग पिडित बालिकाकाे उपचारकालागि सहयोग गरेकाछन् ।
मुड्केचुला गाउपालिका वडा नं ४ इल बस्ने बालिका सरस्वती राेकायाकाे उचारका लागि २५ हजार नगत सहयाेग गरेकाहुन् ।
सांसद बुढाकाे नामबाट बिहीवार २५ हजार बराबरकाे आर्थिक सहयोग मनमाेहन अस्पताल टिचिङ्ग अस्पतालमा पुगेर बुढाका स्वकीय सचिव कमल राेकायाले हस्तान्तरण गरेका छन्।
शिघ्र स्वास्थ्य लाभको कामना सहित सहयोग हस्तान्तरण गरेको चाडैँ निको भएर घर फर्कने विश्वास ब्यक्त सांसद बुढाले गरेका छन् ।
बिरामी राेकायलाई अस्पतालबाट डिस्चार्ज गरिएकाे छ।
समाजसेवी समेत रहेका सांसद बुढाले केहि दिन अघि मात्रै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत करेलीकाँडा गाउँमा बस्ने १४ बर्षिया पारस बुढाको उपचारकालागि ५० हजार सहयाेग गरेका थिए।त्यसैगरि बिरामी राेकायकै उपचारकालागि मुड्केचुला निवासी समाजसेवी युवा दिलिपसिँह ठकुरीले नगत पाँच हजार सहयोग गरेकााछन् ।उनकाे उपचारमा समस्या भएपछि सानाे भएपनि सहयोग गरेकाे ठकुरीले बताए ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?