२०८० असोज ९ गते मङ्गलवार

डोल्पाका पारस बुढाको उपचारार्थ सांसद बुढा सहित तीन जनाबाट प्राप्त त्रिसट्टी हजार नगत हस्तान्तरण




रामचन्द्र न्यौपाने,
डोल्पा २७ साउन :
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत करेलीकाँडा गाउँमा बस्ने १४ बर्षिया पारस बुढाको उपचारकालागि प्राप्त त्रिसट्टी हजार नगत रुपैँया हस्तान्तरण गरिएको छ ।
डोल्पाकालागि संघिय सांसद तथा पुर्व मन्त्री धनबहादुर बुढा,अमेरीका बस्दै आएका स्थानीय युवा विपिनसिँह कठायत र वैदेशीक रोजगारीमा रहेका सुमन गुरुङ्गबाट प्राप्त त्रिसट्टी हजार नगत वडा सदस्य झलक बुढाको रोहबरमा नेपाल टेलिभिजनका डाेल्पा संवाददाता रामचन्द्र न्याैपानेद्वारा परिवारलाई हस्तान्तरण गरिएको हो ।
उमेर १४ बर्ष पुगेपनि हेर्दा दुधे बालक जस्तै देखिने पारस बुढाको उपचारकालागि सांसद बुढाले पचास हजार,कठायतले दश हजार र गुरुङ्गले तीन हजार सहयोग गरेका थिए ।
जिल्लाको दुर्गम गाउँमा जन्मिएका पारसको घरको आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न तराइका अस्पताल जान नसकेको समाचार नेपाल टेलिभिजनमा प्रशारण भएपछि सहयोग जुटेको हो ।
विभिन्न सहयोगी मनबाट आर्थिक सहयोग प्राप्त भएपछि परिवार खुशीका आँशु झार्दै अब भदौमा उपचारकालागि काठमाण्डौ लैजाने बताएकाछन् ।
पारसको शारिरीक,मानसिक दुवै प्रकारको बृद्धि र विकास भएको पाइँदैन् ।
उमेर बढेसँगै छोरो हुर्किदै जाने आशा गर्दा गर्दै यस्तो अवस्था आएको आमा शान्ति बुढाको भनाई छ ।
छोरो तन्नेरीहुँने उमेरमा चौध बर्षको छोरा आफ्नो चार बर्षको कान्छो छोरा भन्दा पनि सानो भएपछि ठुलो पिर परेको बुढाले बताइन् ।
पारसको शरिरका सबै अंग अरु सामान्य बच्चा जस्तै छन्,तर छाती र नावी भने बाहिर निस्केको छ ।

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?