
रामचन्द्र न्याैपाने,
डाेल्पा २६ साउन : हिमाली जिल्ला हुम्लामा कार्यरत पत्रकार नरजंग तामाङ्गकाे अभिनय रहेको ठाडी भाका छाडीजाने सुवा बाेलकाे म्युजिक भिडियो सार्वजनिक भएको छ ।
विहिवार पत्रकार तामाङ्गकै नामकाे युट्युव च्यानलबाट भिडियो सार्वजनिक भएको हाे ।
नेपाली समाजमा व्याप्त जातिय छुवाछूतकाे विरुद्धमा भिडियो निर्माण भएको निर्माण पक्षले जनाएको छ ।
त्यतिमात्र नभई भिडियोमा अन्तरजातीय विवाह गर्न खाेज्ने एक युवा जाेडिकाे प्रेमलाई घर परिवार र समाजले अस्विकार गरेकाे कुरा देखाइएकाे छ ।
नरजन तामाङकाे प्रस्तुति रहेकाे यस भिडियोमा शव्द अदानसिँह बाेहाेराकाे हाे भने स्वर गायिका गाैरी भट्टले दिएकी छिन् ।
हुम्लाका दुर्गम गाउँबस्तीमा छायांकन गरिएको यस भिडियोमा अभिनय नरजन तामाङ र शान्ति सुनारकाे रहेकाे छ ।
भिडियोकाे निर्देशन पदम हमाल र महेश थापाकाे रहेको छ ।भिडियो तल हेर्नुहाेस