२०८० असोज ९ गते मङ्गलवार

डोल्पामा भेटिए अनौठो बालकःउमेर १४ बर्ष,विकास दुधे बालक जस्तै




रामचन्द्र न्यौपाने,
डोल्पा २२ साउन:
हिमाली जिल्ला डोल्पाको दुर्गम गाउँमा अनौठा बालक भेटिएकाछन् ।
त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत करेलीकाँडा गाउँमा यस्ता बालक भेटिएकाहुन् ।
उनको उमेर १४ बर्ष पुगिसक्यो तर हेर्दा दुधे बालक जस्तै देखिन्छन् ।उनिहुन पारस बुढा ।
उनको शारिरीक,मानसिक दुवै प्रकारको बृद्धि र विकास भएको पाइँदैन् ।
उमेर बढेसँगै छोरो हुर्किदै जाने आशा गर्दा गर्दै यस्तो अवस्था आएको आमा शान्ति बुढाले बताइन् ।
छोरो तन्नेरीहुँने उमेरमा चौध बर्षको छोरा आफ्नो चार बर्षको कान्छो छोरा भन्दा पनि सानो भएपछि उनलाई ठुलो पिर परेको छ ।
“छोरो न हिँड्न सक्छ न बोल्न सक्छ,राम्रोसँग खान पनि सक्दैन्,जुन ठाउँमा बसाल्यो त्यो ठाउँबाट कतै चल्दैन”बुढाले भनिन् ।
“लक्का जवान भएर घरको कामकाज धान्ने उमेरमा दुधे बालक जस्तै देखिन्छ,खाना खुवाउनु देखि दिसापिसाब पनि आफै गराउनुपर्छ ।”
“बोल्न सक्ने भएपनि केही थिएन्,बोली पनि प्रष्ट बुझिदैन्,घरमा सबै बेरोजगार छौँ,छोरालाई कसरी जोगाउने मलाई ठुलो पिर परेको छ”उनले दुखेसो पोखिन् ।
पारसले आठ नौ दिनमामात्र दिसा पिसाब गर्छन भने कान सुनेपनि बोली फर्काउन सक्दैनन् ।

“जन्मेको बिस दिनमा धेरै बिरामी भएपछि स्थानीय मेडिकलमा उपचार गरेर बचायौँ,सात आठ महिनामै हिँड्ने होला भन्ने आसा थियो,तर बर्षौ वित्यो न शरिर बड्यो,न बोली फुट्यो केही गर्न नसक्ने भयो”उनले विगत सम्झिइन ।
जिल्लाका डाक्टर ले तपाइको छोरालाई उपचार गर्न तराइका अस्पतालमा लैजानुस भनेपनि पैसा नहुँदा शहरका ठुला अस्पतालमा उपचार गर्न लैजान नसकिएको उनको भनाई छ ।
उनको परिवार सात जनाको छ । जसमा छोरा चार छन् ।छोरी एक जना छिन ।
आफ्नो चालीस बर्ष पुग्दा यस्तो बच्चा जन्मेको बुढाले बताइन् ।
पारसको शरिरका सबै अंग अरु सामान्य बच्चा जस्तै छन्,तर छाती भने बाहिर निस्केको छ ।
कोही कसैबाट आर्थिक सहयोग पाएको भए एक पटक उपचार गराउन तराइका अस्पताल लैजाने परिवारको धोको छ ।

प्रकाशित मिति : २०८० साउन २२ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?