२०८० असोज ९ गते मङ्गलवार

डोल्पाकै नमुना बाख्रा फर्मले मनायो पाँचौ बार्षिक उत्सव,मासुमा आत्मनिर्भर बनाउने लक्ष्य




रामचन्द्र न्यौपाने,
डोल्पा १४ साउन :
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका युवाहरुले व्यवसायिक बाख्रा पालनबाट लाखौँ आम्दानी गर्न थालेकाछन् ।
जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा सुरु गरिएको बाख्रा पालन व्यवसायबाट बार्षिक चार देखि पाँच लाखसम्म आम्दानी गर्न थालेकाहुन् ।
पाँच बर्ष अघि नगरपालिकाको वडा नं ५ खदाङ्गमा दुई जना युवा मिलेर पच्चीसवटा बाख्राबाट स्थापना गरेको हरियापानी बाख्रा पालन कृषक श्रोत केन्द्रमा अहिले दुईसय बाख्रा पुगेकाछन् ।
यस अवसरमा आइतबार यस कृषक श्रोत केन्द्रले पाँचौ बार्षिक उत्सव भव्य रुपमा मनाएको छ ।
आफ्नै भवनमा मनाएको बार्षिक उत्सव समारोहलाई सुभकामना तथा प्रत्यक्ष अवलोकनकालागि जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकाय,नगर उपप्रमुख देबी घर्ती,प्रमुख जिल्ला अधिकारी भुमिश्वर प्रोख्रेल,वडा अध्यक्ष,राजनितिक दलका प्रतिनिधि,जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु लगायतका व्यक्तिहरु पुगेका थिए ।
समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख रोकायले निजि लगानीमा जिल्लामै ठुलो फर्म स्थापना गरेर आम्दानी गर्न सफल भएको भन्दै प्रशंसा गरेका थिए ।
सरकारले अनुदान दिएर खोलिएका फर्महरु अनुदान हुन्जेलसम्म मात्र देख्न पाइने भएकाले यसरी निजि लगानीमा स्थापना गरेर फस्टाएका फर्महरुलाई राज्यबाट पाउनु पर्ने अनुदान उपलब्ध गराउन सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी प्रोख्रेलले दुई युवा मिलेर स्थापना गरेका यस्तो नमुना फर्मलाई अझै थप उन्नति प्रगतिको शुभकामना दिए ।
यस्तो उदारणीय कार्यको जिल्लाका अन्य बेरोजगार युवाहरुले पनि सिक्नुपर्ने उनको भनाई छ ।
डोल्पालाई मासुजन्य उत्पादनमा आत्मनिर्भर बनाउँने उद्येश्यले बाख्रापालन व्यवसाय सुरु गरिएको हरियापानी बाख्रा पालन कृषक समुहका अध्यक्ष राजेन्द्र उपाध्यायले बताए ।
अहिले व्यवसायको चल अचल सम्पति जोड्दा करिब चालिस लाख पुग्नुका साथै दुई जना स्थानीय युवाले रोजगारी समेत पाएको उनको भनाइ छ ।
स्थानीय युवाहरुको व्यवसायलाई प्रोत्साहन गर्न गत बर्ष आधुनिक खोर निर्माणकालागि पशु अस्पताल तथा पशुसेवा कार्यालय डोल्पाबाट गत आर्थिक बर्षमा बाह्र लाख अनुदान सहयोग प्राप्त भएको थियो ।
अझै पनि कहिँ कतैबाट सहयोग प्राप्त भए बाख्राको सङ्ख्या बडाउने र बिरामी भएका बाख्रा राख्न आइसोलसन घर बनाउने उद्येश्य रहेको समुहका सचिव कबि प्रसाद उपाध्यायले बताए ।
स्थानीय युवाहरु मिलेर सुरु गरेको व्यवसायलाई स्थानीय सरकारले कुनै पनि सहयोग नगरेको उपाध्यायको गुनासो छ ।
डोल्पामाहुने मासुको मागलाई पुर्ति गर्न अहिले रुकुम जाजरकोट, मुस्ताङ्,जुम्ला लगाएतका जिल्लाबाट हजारौँको सङ्ख्यामा खसी बोका भित्रने गर्दछन् ।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?